मनोज पाण्डेलाई ७ वर्ष कैद फैसला
नेपालखोज
२०७९ माघ २३ गते १८:०६

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेविरुद्धको मुद्धामा फैसला गर्दै जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ ।
सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको हो ।
पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो । तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।
सम्बन्धित

प्रतिक्रिया