साफ यू–ट्वान्टी महिला फुटबल : नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
नेपालखोज
२०७९ माघ २४ गते ७:५४

काठमाडाैं । साफ यू–ट्वान्टी महिला फुटबलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ । राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले भारतसँग आज दिउँसो पौने ३ बजे प्रतिस्पर्धा गर्ने छ ।
पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा भुटानविरुद्ध जित निकाल्दै लयमा फर्किएको थियो ।
प्रतियोगितामा सहभागि ४ टिममध्य शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । भारत ४ अंकका साथ शीर्ष स्थानमा रहँदा बंगलादेश पनि समान ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
३ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेका छन् । दुवै खेलमा पराजित भएको भुटान प्रतियोगिताबाट बाहिर भइसकेको छ । आजको खेलमा नेपाल विजयी हुँदा मात्रै फाइनल खेल्ने समिकरण बन्नेछ ।
सम्बन्धित
प्रतिक्रिया