बिहीबार, वैशाख १३, २०८१

नेप्से छ दसमलव ७३ अंकले बढ्दा ३२ करोड ७६ लाखको सेयर किनबेच

नेपालखोज २०७६ कार्तिक ७ गते १५:५५

७ कार्तिक, काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक छ दसमलव ७३ अंकले उकालो लागेर ११ सय ४९ दसमलव ३४ अंकमा पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज एक सय ५५ कम्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट चार हजार चार सय ४२ वटा कारोवारमा १२ लाख चार हजार १५ कित्ता सेयर किनबेच हुंंदा कारोवार रकम ३२ करोड ७६ लाख ३२ हजार दुुई सय ५८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा ११ वटा समुहको कारोवार भएकाछन । ति मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत र जीवन बीमा समुहको सुचक क्रमश छ दसमलव ६३, पाँच दसमलव आठ एक दसमलव ५७ र २१ दसमलव ५१ अंकले बढेकाछन । यसैगरी होटल, उत्पादनमुुलक, अन्य, लघुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेर हरियो भएको छ । निर्जिवन बीमा समुहको सुचक भने आज आठ दसमलव १४ अंकले घटेको छ ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा अरुण भ्याली हाईड्रो पावर कम्पनी, सिर्नर्जी पावर डेभलमेन्ट कम्पनी, एनएमबी माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा अरुण कावेली पावर लिमिटेड, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, खानीखोला हाईड्रो पावर कम्पनी आदि परेकाछन ।

आज माछापुुच्छे« बैकको सबैभन्दा बढी रकम कारोवार भएको छ । सो बैंकको प्रतिकित्ता दुुई सय ३० रुपैयाँ अन्तिम मुल्यमा सात करोड ११ लाख तीन हजार पाँच सय ६४ रुपैयाँको सेयर कारोवार भएको छ । प्रभुु बैंकको पनि आज प्रतिकित्ता दुुई सय ६६ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ९६ लाख ३१ हजार चार सय १४ रुपैयाँको सेयर कारोवार भएको छ । यि बाहेक एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक आदिको पनि आज बढी परिमाणमा सेयर कारोवार भएकाछन ।

प्रतिक्रिया