बिहीबार, वैशाख १३, २०८१

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले सम्हालिन् कार्यभार

नेपालखोज २०७९ माघ २४ गते १२:४३

काठमाडौं । राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले मंगलबार पदभार ग्रहण गरेकी छन् ।
पदभार ग्रहण गरेसँगै अर्यालले संघीय संसद्‌मा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

अर्यालले मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

उनी सोमबार मात्र सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्विरोध निर्वाचित भएकी थिइन् । पर्साको जगरनाथपुर गाउँपालिकामा २०१३ मा जन्मिएकी उनी २०७० मा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया