शुक्रबार, वैशाख ७, २०८१

महानगरले भत्कायो मैतीदेवीको प्रहरी बिट

नेपालखोज २०७९ माघ २४ गते १३:०४

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित सडक अतिक्रमण गरी बनाइएको प्रहरी बिट भत्काएको छ ।

प्रहरीले बिटमा रहेको सामान सारेपछि बिटलाई डोजर लगाएर भत्काइएको हो । भत्काउने क्रममा साे सडक क्षेत्रमा सवारी आवगमन राेकिएकाे थियाे ।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएपछि सरोकार र टोलबासीले बिट हटाउन महानगरको पटकपटक ध्यानाकर्षण गराउँदै आइरहेका थिए । बिटलाई अन्य स्थानमा व्यवस्थित रुपमा स्थापना गरिने महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

प्रतिक्रिया