बुधबार, वैशाख २६, २०८१

७६ अंकले नेप्से बढ्दा ३ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७९ माघ २४ गते १५:४०

काठमाडौं । नेप्सेमा उछाल देखिएको छ । अघिल्लो दिन झण्डै पाँच अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार भने ७६ दशमलव ६४ अंकले बढेर २१ सय ७७ दशमलव ३४ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ८५ अंकले बढेर चार सय १५ दशमलव शुन्य एक अंकमा चढेको छ । दुई सय ६० वटा कम्पनीहरुको ५९ हजार नौं सय २७ पटकको कारोबारमा ९३ लाख ३३ हजार सात सय ८८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सूचक ३२ दशमलव २४ अंकले बढेर १४ सय दुई दशमलव ५८ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ८६ दशमलव २९ अंकले बढेर तीन हजार आठ सय ५९ दशमलव ८६ अंकमा चढेको छ । जलबिद्युत समूहको सुचक पनि एक सय ३८ दशमलव १७ अंकले बढेर २७ सय ३८ दशमलव १७ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि चार सय ६७ दशमलव २६ अंकले बढेर १० हजार नौं सय ९३ दशमलव छ अंकमा चढेको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ९३ दशमलव ३९ अंकले बढेर नौं हजार चार सय १६ दशमलव २४ अंकमा चढेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बरुण हाईड्रो पावार कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ८३ रुपैयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आईसीएफसी फाईनान्सको ऋणपत्र २०८३ को प्रतियुनिट सेयर मुल्य पाँच दशमलव ९० प्रतिशतले घटेर एक हजार १२ रुपैंयाँ २० पैसामा कारोबार भएको छ ।

यसैगरी आज एनआईसी एशिया बैंकको प्रतिकित्ता आठ सय ३५ रुपैंयाँ अन्तिम मुल्यमा १२ करोड ९२ लाख ४२ हजार सात सय २६ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया