सोमबार, असार १६, २०८२

खानेपानी मन्त्रालयमा ‘गुनासो कल सेन्टर’ स्थापना

नेपालखोज २०७९ माघ २५ गते १२:५३

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न ‘गुनासो कल सेन्टर’को स्थापना गरेको छ ।

मन्त्री अब्दुल खानले पाइप लाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सक्ने बताए ।

साताको एकदिन मन्त्री आफैँ कल सेन्टरमा बस्ने जानकारी दिइएको छ । देशैभरका ७७ जिल्लाका कुनैपनि उपभोक्ताले उक्त सेन्टरमा फोनमार्फत गुनासो टिपाउन सक्नेछन् ।

प्रतिक्रिया