सोमबार, असार १६, २०८२

प्रधानमन्त्री र युरोपेली युनियनकी आयुक्तबीच भेटवार्ता

नेपालखोज २०७९ माघ २५ गते १६:२३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेनबीच भेटवार्ता भएको छ ।

बुधबार नै नेपाल भ्रमणमा आएकी उनले प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलसहित भेट गरेकी हुन् । नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि जुट्टा भ्रमणमा आएकी काठमाडौंस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।

युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ ।

आयुक्त जुट्टाले परराष्ट्रमन्त्री डा.‍ विमला राई पौड्यालसँग द्विपक्षीय छलफल गर्नाका साथै शिक्षामन्त्रीसँग नेपालको नयाँ शिक्षा क्षेत्र योजनाका लागि ५० मिलियन युरो सहयोगको शुभारम्भ गर्नेछिन् ।

प्रतिक्रिया