आइतबार, जेठ ५, २०८२

विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति प्रदान

नेपालखोज २०७९ माघ २५ गते १७:०३

काठमाण्डौं । मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । मोरङको विभिन्न विद्यालयमा अध्ययनरत ३४ विद्यार्थीलाई दोस्रो बर्षको छात्रवृत्तिवापतको रकम जनही १२ हजार प्रदान गरिएको छ ।

समाजका अनुसार माघ २५ गते बालिकाहरुलाई ४ लाख ८ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ । कटहरी गाँउपालिका, थलाहास्थित जनता मा.वि.का २७ जना र धनपालथान गाउँपालिका दादर वैरियास्थिते सरस्वती मा.वि.का ७ जना गरि ३४ बालिकाले छात्रवृत्ति पाएका हुन् ।

पाँच वर्षे छात्रवृत्ति अभियान अन्तर्गत पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएको थियो । ३ जना बालिकाले विद्यालय छाडेकाले दोस्रो बर्ष ३४ जनालाई छात्रवृत्ति वितरण गरिएको हो ।

‘छोरी पढाऔ : गरिमा बढाऔँ’ भन्ने नारासहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियान अन्तगर्त पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेलसम्म एकैै बालिकाहरुलाई बार्षिक १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिने छ । शान्ति समाज मोरङ शाखाका सभापति प्रा.डा. जीवन ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, निवर्तमान सभापति गोविन्द खनाल, पूर्व सभापति उत्तम पुडासैनी, सचिव लक्ष्मीनारायण मिश्र, जनता मा.वि.का प्रध्यानाध्यापक रामनारायण बिश्वास, सरस्वती मा.वि.का प्रध्यानाध्यापक हरी कट्टेल, भगवान पुडासैनी, धन थापा, लगायतको उपस्थिति रहेको थियो ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना र उर्मिला पराजुलीले २ जनालाई सहयोग प्रदान गरेका छन् ।

रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र आर्या पाण्डेले बालिका छात्रवृत्ति अभियानका लागि सहयोग गरेको मानव अधिकार तथा शान्ति समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।

प्रतिक्रिया