महन्थ ठाकुरलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने लोसपाको तयारी

नेपालखोज २०७९ माघ २५ गते १८:०९

काठमाडौं । सरकारलाई समर्थन दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारीमा जुटेको छ ।

दलहरुबीचमा राष्ट्रपति कुन पार्टीबाट बनाउने भन्ने छलफल चलिरहेका बेला लोसपामा पनि अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफल सुरु गरेको छ ।

राष्ट्रपतिको विषयमा छलफल गर्न सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार मात्र सहमति भएको छ ।
यसैबीचमा लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने तयारी गरेको हो ।

पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने भएकाले ठाकुर उपयुक्त रहेको बताए ।

एमालेले राष्ट्रपतिमा आफ्नो पार्टीबाट उठाउने उम्मेदवारमा सहमति हुनुपर्नेमा जोड दिँदै आएको छ भने कांग्रेसले पनि राष्ट्रपति निर्वाँचनमा पार्टीले उम्मेदवार उठाउने बताउँदै आइरहेको छ ।

प्रतिक्रिया