मंगलबार, असार १०, २०८२

कांग्रेस संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित

नेपालखोज २०७९ माघ २५ गते १८:५५

काठमाडाैं । नेपाली कांग्रेसले २६ माघमा बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ । समसमायिक राजनीति, संसदीय समितिमा सांसदहरुको कार्यविभाजन, राष्ट्रति निर्वाचनलगायतको विषयमा बोलाइएको बैठक अन्तिममा स्थगित गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखका अनुसार अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित हुनेछ ।

कांग्रेस संसदीय कार्यसमितिको बैठकल २६ माघमा दलको बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपनि निर्वाचनमा उम्मेदवारी भने दिएन । जसका कारण नेकपा (माओवादी केन्द्र)की नेतृ उर्मिला अर्याल राष्ट्रियसभा उपनिर्वाचनमा निर्विरोध भएकी थिइन् ।

प्रतिक्रिया