नेपालखोज दिनभरी : खबर सारांश
सर्वोच्चले संसद सचिवालयसँग माग्यो देउवालाई विपक्षी दलको नेता तोक्नुको कारण ।
निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश ।
यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदनमा सर्वोच्चले माग्यो लिखित जवाफ माग ।
राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित ।
राष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र र प्रधानन्यााधीशविरुद्धको महाअभियोग ५ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव ।
कांग्रेस संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित ।
‘एमालेको उम्मेदवार राष्ट्रपति बने कठपुतली बनाइने कांग्रेस महामन्त्री गगन थापाको दाबी ।
राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन ।
मानव बेचबिखन र बलात्कार आरोपमा उदयपुरमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ ।
प्रतिक्रिया