साफ यू-ट्वान्टी महिला च्याम्पियनसिप : नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
नेपालखोज
२०७९ माघ २६ गते ६:५२

काठमाडौं । साफ यू-ट्वान्टी महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा उपाधिका लागि घरेलु टोलीको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ पौने ६ बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाललाई बंगलादेशले हराएको थियो।
सम्बन्धित
प्रतिक्रिया