भारतको सर्बोच्चले सिक्किमका नेपालीलाई विदेशी भनिएको अंश सच्यायो
नेपालखोज
२०७९ माघ २६ गते ८:३८

भारत । भारतको सर्वोच्च अदालतले आफ्नो एक फैसलामा सिक्किममा आयकर छुटसम्बन्धी निर्णयमा सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनी गरिएको व्याख्या सच्याएको छ ।
फैसलामा सिक्किमका नेपालीलाई विदेशी मूलका भनी लेखिएको अंश हटाएको बताइएको छ । सर्वोच्च अदालतले रिट निवेदनमा उक्त शब्द त्यसरी नै उल्लेख भएकाले फैसलामा पनि समावेश हुन पुगेको बताएको छ।
सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनेर सर्वोच्चको फैसलामा उल्लेख भएपछि त्यसको चर्को विरोध भएको थियो भने सिक्किममा नेपाली समुदायले प्रदर्शनसहित सिक्किम बन्द समेत गराएका थिए ।
सम्बन्धित

प्रतिक्रिया