मंगलबार, असार १०, २०८२

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

नेपालखोज २०७९ माघ २६ गते ९:२७

काठमाडाैं । सत्तारुढ दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

आजको बैठकमा राष्ट्रपति निर्वाचनको लागि सत्तारुढ दलहरुबाट उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

राष्ट्रपतिको उम्मेदवारबारे प्रचण्ड र ओलीबीच समान धारणा बनिसकेको छैन । प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । यद्यपि बैठकको समय भने तय भइसकेको छैन ।

प्रतिक्रिया