मंगलबार, असार १०, २०८२

मुख्यमन्त्री रावल आज विश्वासको मत लिने तयारीमा

नेपालखोज २०७९ माघ २६ गते १०:४१

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । रावल गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनले माघ २७ गते अघि नै विश्वासको मत लिइसक्नु पर्ने भएकाले आज अन्तिम दिन रहेको छ । विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्दैछ ।

प्रतिक्रिया