बिहीबार, वैशाख २०, २०८१

सुनचाँदीको मूल्य सामान्य बढ्यो

नेपालखोज २०७९ माघ २६ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया