सोमबार, असार ९, २०८२

विवेकशील साझाको प्रथम महाधिवेशन एकेडेमीमा सुरु

नेपालखोज २०७९ माघ २७ गते १६:३५

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन काठमाडौंमा सुरू भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान (एकेडेमी)मा केहीबेर अघि मात्र विशेष समारोहसाथ महाधिवेशन उद्घाटन गरिएको हो ।

उदघाटन सत्र चलिरहेको छ । यो सत्रमा विभिन्न दलका आमन्त्रित नेताहरुले सम्बोधन शुभकामना मन्तव्य राख्ने क्रम जारी छ । सत्रमा शुभकामना दिन समाजवादीपार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत नेताहरुले उपस्थित छन् ।

महाधिवेशनले नयाँ पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी रहेको पार्टीले जनाएको छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार दावेदार छन् ।

गएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा चुनावमा शून्यप्रायः नतिजामा सीमित हुन पुगेको साझा समयको व्यतितसँगै ओरालो लाग्ने अवस्थाबाट गुज्रिरहेको छ । यसलाई चिर्नुपर्ने बाध्यता नयाँ नेतृत्वको काँधमा जाँदैछ ।

कुनै दर्शन, सिद्धान्त र वाद नभएको साझासँग संसदीय राजनीतिमा अगाडि बढ्न मात्र नभई टिक्नै मुश्किल परिरहेको अवस्थामा नयाँ नेतृत्व कसको काँधमा जान्छ त्यो दुई दिनपछाडि नै टुंगो लाग्नेछ ।

प्रतिक्रिया