सोमबार, असार ९, २०८२

युवा शक्तिकाे पलायन हुन राेक्नुपर्छ : राष्ट्रपति भण्डारी

नेपालखोज २०७९ माघ २७ गते १६:४८

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा पूर्वाधार विकाससम्बन्धी निर्माणको काम ढिलासुस्ती भएको बताएकी छन् ।शुक्रबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रयसभाको संयुक्त बैठकमा लिखित वक्तव्य दिँदै उनले यस्तो बताएकी हुन् ।

झण्डै पौने घण्टा लामो वक्तव्य दिएकी उनले लोकतन्त्रको विस्तार सन्तोषजनक रहेको बताउँदै नागरिक र देश समृद्धिको सूचक मानिने भौतिक पूर्वाधार विकासका काममा ढिलाइ भएको बताइन् । छिटो सम्पन्न गर्न सरकारले तत्काल अग्रसरता लिनुपर्ने बताइन् ।

भौतिक निर्माणका काम समयमै काम सम्पन्न पूरा हुन नसक्दा युवा शक्ति विदेश पलायन भइरहेको र देशभित्रै रोजगार उप्लब्धतामा कमी आएको बताइन् । युवा शक्ति विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम आगामी बजेटमा ल्याउन पनि उनले सरकारसँग आग्रह गरिन् ।

सरकारले पर्यटकीय क्षेत्रको विकास, पूर्वाधार निर्माण, सेवाको उपलब्धताका लागि सहजीकरण, सेवा र गुणस्तरको अनुगमन, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण र सहज पहुँचको व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन् ।

शिक्षामा छात्राको संख्या उल्लेख्य संख्यामा वृद्धि भएको भन्दै उनले सन्तोष व्यक्त गरिन् । शिक्षालाई सबै नागरिकसम्म पुर्याउन सरकारले पहल गर्न सरकारसँग आग्रह गरिन् ।

प्रतिक्रिया