सोमबार, असार ९, २०८२

नवनिर्वाचित राष्ट्रियसभा सदस्य दसौंदीले लिए शपथ

नेपालखोज २०७९ माघ २७ गते १६:५१

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यकुमार दसौंदीले शपथ लिएका छन् । उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यही माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेबाट दसौंदी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

दसौदीले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।

उनी एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि भएको उपनिर्वाचनमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया