बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा
नेपालखोज
२०७९ माघ २७ गते १७:१०

काठमाडाैं । बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
माघ २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले बताए ।
बागमतीमा तत्कालीन सशस्त्र द्वन्द्वको नेतृत्व गरेको माओवादी केद्रका नेता शालिकराम जमकट्टेल मुख्यमन्त्री छन् । उसले २०५२ फागुन १ गतेदेखि २०६३ सम्म सशस्त्र द्वन्द्व जनयुछ चलाएको थियो ।
सोही दिनकाे सम्झनामा कट्टेलले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । उनको निर्णयलाई प्रदेशका उद्योग, वन तथा वातावराण मन्त्री राजु विष्टले विरोध जनाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया