सोमबार, असार ९, २०८२

जसपा सम्बद्ध बौद्धिकहरुको भेला शनिबार हुने

नेपालखोज २०७९ माघ २७ गते १७:१५

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको भेला भोलि माघ २८ गते शनिबार हुने भएको छ ।

पार्टी सम्बद्ध प्राध्यापक, कानुन व्यवसायी, शिक्षक, पत्रकार, बैंकिङ तथा निजामती कर्मचारी, इञ्जिनियरहरु भेलाले नेपाल बौद्धिक पेसाकर्मी महासंघको समिति गठन गर्ने छ ।

पार्टी केन्द्रीय कार्यालयमा दिनको १ बजे हुने भेलामा महासंघका पदाधिकारी, सदस्यहरु तथा घटक संघ/संगठनका अध्यक्ष तथा पदाधिकारीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया