सोमबार, असार ९, २०८२

कानुन कार्यान्वन भए भगवान ठानिएका नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी

नेपालखोज २०७९ माघ २७ गते १८:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा ठूला नेताहरुलाई कानुन नलागेको बताएका छन् ।

शुक्रबार विवेकशील साझा पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपालमा कानून कार्यान्वयन भए अहिले आफूलाई भगवान ठान्ने नेताहरु सबै जेलमा हुन्थे’ उनले भने । अहिले कानुनले नै नेताहरुसमक्ष आत्मसमर्पण गरेको उनको भनाइ थियो ।

लडेर ल्याएको व्यवस्थामा सबै खालका फूलहरु फुल्न पाउने भन्दै विवेकशील साझा पार्टी लगायत वैकल्पिक शक्तिहरुले देशको विकास र नागरिकको समृद्धिका लागि काम गर्न आवश्यक रहेको बताए देश बनाउन युवाहरु अगाडि आउनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया