‘हिँडौं साथसाथ’ वाकाथोन कार्यक्रम सम्पन्न

नेपालखोज २०७९ माघ २७ गते १९:३०

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७ औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भातृत्व र सहकार्यको भाव सहित आयोजित हिडौं साथ साथ वाकाथोन कार्यक्रम कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुब बहादुर प्रधानको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ ।

उक्त वाकाथोनको मन्त्री प्रधान र निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले बेलुनमा बाँधिएको ‘हिँडौं साथ साथ’ लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर शुभारम्भ गरेका थिए ।

उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाले धन्यवाद ज्ञापन गर्दै वितगका राम्रो कामलाई अनुशरण गर्दै प्रतिष्ठानको वृहत क्रियाकलापलाई अझ उर्जा प्राप्त होस् भन्ने हेतूले कार्यक्रम आयोजना गरिएको बताए । यस्ता क्रियाकलापले अग्रजहरूबाट विचारको आदान प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने उनले उल्लेख गरे ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुब बहादुर प्रधान, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका पूर्व समादेशकहरू, प्रहरी नायब महानिरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी एवम् प्रतिष्ठानका कर्मचारीहरुको सहभागितामा प्रतिष्ठानबाट सुरु भएको पदयात्रा बालुवाटार, भाटभटेनी, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, गैरी धारा, बालुवाटार हुँदै पुनः प्रतिष्ठानमा पुगेर समापन समारोहमा परिणत भएको थियो ।

प्रतिक्रिया