सोमबार, वैशाख ३१, २०८१

यस्तो छ आजको विनिमयदर

नेपालखोज २०७९ माघ २८ गते ९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर १० रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ १० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १० पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया