कस्ताे रहला आजको मौसम ?
नेपालखोज
२०७९ माघ २९ गते ६:३५

काठमाडाैं । आज प्रदेश एक, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश एक, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ। राति प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हिमपातको सम्भावना रहेको स्थानमा र तराईका केही भू-भागमा हुस्सु लाग्ने भएकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया