चितवन-२ मा चाँडै निर्वाचन गराउन रविकाे माग

नेपालखोज २०७९ माघ २९ गते १२:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चितवन–२ मा चाँडै निर्वाचन गराउन माग गरेका छन् । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सत्ता साझेदार संलग्न उच्चस्तरीय संयन्त्रको बैठकमा सभापति लामिछानेले उक्त माग गरेका हुन् ।

‘मैले चितवन–२ मा चाँडै उपनिर्वाचन होस भनेर प्रधानमन्त्रीलाई भनेको छु, प्रधानमन्त्रीले यसवारे निर्वाचन आयोगसँग कुराकानी भईरहेको जानकारी दिनु भएको छ’ लामिछानेले बैठक पछि भने । उनका अनुसार सत्ता साझेदार दलमा राष्ट्रपतिका लागि लिएर कुनै मतभेद नभएको र पुर्व सहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन हुनेछ ।

नेपाली नागरिकता नलिई गत निर्वाचनमा भाग लिएको भन्दै सर्वोच्च अदालतले चितवन–२ वाट बिजयी लामिछानेको सांसद पद अस्विकृत गरेको थियो । उक्त फैसाला पछि चितवन–२ सांसदबिहिन अवस्थामा छ । लामिछानेले नेपालको नागरिकता पुनः लिए पछि फेरी निर्वाचन लडने मनस्थीतिमा छन् ।

प्रतिक्रिया