सोमबार, असार १६, २०८२

‘जनयुद्ध दिवस’को नाममा सार्वजनिक विदा दिने निर्णयप्रति शान्ति समाजकाे आपत्ति

नेपालखोज २०७९ माघ २९ गते १३:३०

काठमाण्डौं । फागुन १ गते ‘जनयुद्ध दिवस’को नाममा सार्वजनिक विदा दिने बागमति प्रदेशको निर्णयप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।

प्रदेश सरकार, मन्त्रीपरिषद्को माघ २४ को बैठकले ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते (भोलि)सोमबारका दिन वाग्मती प्रदेशभर सार्वजनिक विदा दिने निर्णयप्रति असहमति जनाउदै समाजले आपत्ति जनाएको हो ।

आज समाजका महासचिव रेणुका पौडेलले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ, ‘यो विवादास्पद निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकुल छ भन्ने शान्ति समाजको धारणा रहेको छ ।’

त्यस्तै, माघ २७ गते काठमाण्डौमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको शान्ति समाज निन्दा समेत गरेको छ ।

‘राजतन्त्र उन्मुलन भइसकेपछि पनि त्यसैको अवशेषका रुपमा नागरिकलाई सास्ती दिनेगरी कायम रहेको कथित “सवारी” प्रक्रिया लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित छ ।’विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया