आइतबार, असार १५, २०८२

मांसाहारी बिरुवाको अदभुत संसार

नेपालखोज २०७९ माघ २९ गते १५:१२

काठमाडाैं । अन्वेषकहरूले सामाजिक सञ्जालमार्फत नयाँ मांसाहारी वनस्पति पत्ता लगाएका छन् । यसले मांसाहारी वनस्पतिहरूमा थप अनुसन्धान गर्ने र तिनका बारेमा थप जानकारी प्राप्त गर्ने क्रम अझ बढने देखिन्छ ।

सन् १९८६ को हलिउड फिल्म ‘लिटिल शप अफ हरर्स’ मा मानिसको रगत पिउने बिरुवा देखाइएको थियो । यो त एउटा सिनेमाको काल्पनिक कथा हो, तर हाम्रो संसारमा मांसाहारी बिरुवाको उपस्थिति काल्पनिक कुरा मात्र होईन् । यस्ता बोटबिरुवाहरूले कीराहरूलाई पासोमा पार्छन् र आफ्नो पोषणका लागि खानाको रूपमा प्रयोग गर्छन् । यस्ता बिरुवा अन्टार्कटिका बाहेक सबै महादेशमा पाइन्छन ।

मांसाहारीहरू बीचको सबैभन्दा प्रसिद्ध बोट भेनस फ्लाईट्र्याप हो । यसले कीरा तथा माकुरालाई आफ्नो पातहरू बीच फसाउँछ । यसको पातमा बाक्लै रौंहरू हुन्छन । जब किराले यो बोटको पातको रौं छुन्छ तब पातका दुवै किनारा एकसाथ जोडिन्छन्। यसैगरि नेपेन्थेसका बिरुवाले चमेरोको मल खान्छ । एउटा अर्को सुन्दर बिरुवा जसलाई बटरवर्ट भनिन्छ । यसको ल्याटिन नाम पिंगुइकोला हो । यो मांसाहारी बोटले कीराहरूलाई आकर्षित गर्न, पासोमा पार्न र पचाउन आफ्नो अत्यधिक टाँसिने पातको प्रयोग गर्दछ । यस्ता बिरुवाका अनेकौं प्रजाति दक्षिण तथा मध्य अमेरिकामा पाइन्छ ।

सारासेनियाको बिरुवा उत्तरी अमेरिकामा पाइन्छ र यो ‘ट्रम्पेट पिचर’ का रुपमा पनि चिनिन्छ। यसको पातमा सुगन्धित अनि चिप्लो पदार्थ हुन्छ जसले कीरालाई आकर्षित गर्छ । कीराहरू यसको पातमा परेर मर्छन् र यसले ति किरालाई खानाको रूपमा प्रयोग गर्दछ।

प्रतिक्रिया