बिहीबार, जेठ ३, २०८१

नेप्सेमा उच्च गिरावट : ६० अंकले घट्दा ३ अर्ब ४ करोडको काराेबार

नेपालखोज २०७९ माघ २९ गते १५:५३

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से ६० दशमलव ७७ अंकले घटेर २१ सय २१ दशमलव ८६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ९९ अंकले घटेर चार सय चार दशमलव ४३ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ५३ वटा कम्पनीहरुको ५१ हजार दुई सय २६ पटकको कारोबारमा ८१ लाख ३९ हजार आठ सय ४० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २८ दशमलव ७३ अंकले घटेर १३ सय ७७ दशमलव २२ अंकमा झरेको छ भने विकास बैंक समूहको सूचक पनि एक सय ४१ दशमलव ४९ अंकले घटेर तीन हजार सात सय ५१ दशमलव ६१ अंकमा झरेको छ ।

जलविद्युत समूहको सूचक पनि एक सय ११ दशमलव १९ अंकले घटेर २६ सय २७ दशमलव ४८ अंकमा झरेकोमा जीवन बीमा समुहको सूचक पनि तीन सय ५७ दशमलव २६ अंकले घटेर १० हजार छ सय ५९ दशमलव १७ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ४० दशमलव ४५ अंकले घटेर नौं हजार दुई सय तीन दशमलव ४७ अंकमा झरेकोमा फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ उपसमूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज खप्तड लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ४८ प्रतिशतले बढेर १३ सय ७५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ङादी ग्रुप पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ६० प्रतिशतले घटेर दुई सय ९६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता २६ सय पाँच रुपैयाँ अन्तिम मुल्यमा १४ करोड ३७ लाख ६८ हजार आठ सय ९५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया