चितवन क्षेत्र नम्बर २ : वैशाख १० गते उपनिर्वाचन
नेपालखोज
२०७९ माघ २९ गते १७:१९

काठमाडाैं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै वैशाखमा १० मा उपनिर्वाचन हुने जनाएको छ ।
गएको मंसिर ४ गते भएको निर्वाचनमा त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । यही माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशपछि उनको सांसद पद खारेज भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया