आइतबार, असार १५, २०८२

राष्ट्र बैंक सेयर बजारप्रति नकारात्मक छैन

नेपालखोज २०७९ माघ २९ गते १९:४१

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक सेयर बजारप्रति नकारात्मक नरहेको बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक पुँजी बजारको विकास गर्न प्रतिबद्ध रहेको भन्दै कहिल्यै पुँजी बजारप्रति नकारात्मक नभएको बताए ।

उनले सेयर बजार बढ्नु र कहिलेकाहीँ घट्नु स्वाभाविक भएको बताए । पुँजी बजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरू भएको बताउँदै गभर्नर अधिकारीले धितोपत्र बोर्डले पुँजी बजारलाई नियन्त्रण र अनुगमन गर्ने बताए ।

गभर्नर अधिकारीले विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्नका लागि आयात प्रतिबन्धको नीति लिएको भन्दै सहज भएसँगै खुल्दै गरेको बताए ।

प्रतिक्रिया