शेखर कोइरालाको प्रश्न : जनतासामु सरकारले के सन्देश दिन खोजेको ?

नेपालखोज २०७९ फागुन १ गते ८:३३

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ‘जनयुद्ध दिवस’ मनाउन सरकारले बिदा दिएकोप्रति प्रश्न गरेका छन् ।

कोइरालाले एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै सरकारले संबिधानले चिन्दै नचिनेको ‘जनयुद्ध दिवस’ का नाममा सार्वजनिक बिदा दिएको भन्दै प्रश्न गरेका हुन् ।

नेता कोइरालाले ट्वीटरमा लेखेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’ सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया