जनयुद्ध राष्ट्रकै सम्पत्ति भयो : प्रधानमन्त्री दाहाल

नेपालखोज २०७९ फागुन १ गते ११:०५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरेका छन् । जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो टिप्पणी गरेका हुन् ।

‘मैले यो क्याबिनेटबाट निर्णय गराएको छु । यो अब माओवादीको मात्र नभई राष्ट्रकै सम्पति बन्न पुग्यो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको शुभकामना दिँदै जनयुद्ध दिवसलाई वैधानिक तवरबाट स्थापित गर्नपर्ने बताए ।

प्रतिक्रिया