शनिबार, वैशाख १५, २०८१

आउँदैछ होन्डाको एक्टिभा इलेक्ट्रोनिक अवतारमा

नेपालखोज २०७९ फागुन १ गते ११:३९

काठमाडाैं । अटोमोबाइल उद्योगमा सबैभन्दा बढी बिक्री हुने स्कुटर होन्डा एक्टिभा हो । होन्डा एक्टिभाको लोकप्रियता यति बढेको छ कि कसैले नयाँ स्कुटर किन्ने मन बनायो भने उनको दिमागमा सबैभन्दा पहिले होन्डा एक्टिभाको नाम आउँछ ।

एक्टिभाले धेरै वर्षदेखि आफ्ना ग्राहकहरूको मन जित्दै आएको छ र बजारमा एउटा छुट्टै स्थान बनाएको छ । आजसम्म कसैले पनि यो स्कुटर सँग प्रतिस्पर्धा गर्न सकेका छैनन । बिक्रीको कुरा गर्दा यो स्कुटरको बिक्री पनि अन्य कम्पनीको तुलनामा बढि छ।
एक्टिभाले यति प्रगति गरेको छ कि यसको थ्रीजी , फोरजी , फाईभजी आदि भेरियन्ट बजारमा उपस्थित छन् । एकातिर होन्डा एक्टिभाको माग बढेको छ अर्कोतर्फ बजारमा विद्युतीय स्कुटरको माग पनि तिव्र रुपमा बढिरहेको छ । यसैलाई मध्यनजर गर्दै होन्डा एक्टिभाले आफ्नो नयाँ इलेक्ट्रोनिक स्कुटर ल्याउने निर्णय गरेको छ ।

धेरै दिनदेखि होन्डाले छिट्टै इलेक्ट्रोनिक एक्टिभा बजारमा उतार्ने चर्चा छ । एक रिपोर्ट अनुसार होन्डा इलेक्ट्रोनिक स्कुटर अर्को वर्ष अर्थात् जुन २०२४ मा लन्च हुनेछ । होन्डा इलेक्ट्रिक स्कुटरका विशेषताहरू पनि लिक भएका छन । होन्डाको यो इलेक्ट्रिक स्कुटर ३ भेरियन्टमा लन्च हुने कम्पनीले जनाएको छ । पहिलो भेरियन्ट मानक, दोस्रो डिलक्स र तेस्रो भेरियन्ट स्मार्ट । यो इलेक्ट्रोनिक स्कुटरको टप स्पीड ५० किलोमिटर प्रतिघण्टा हुने सम्भावना छ भने यसका अन्य फिचर्स खुलाइएको छैन ।

होन्डाको इलेक्ट्रिक स्कुटर एक्टिभाको अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य लगभग १ लाख २० हजार रुपैयाँ जति हुनेछ, जुन एक्स-शोरूम मूल्य हो । हाल, यसको मूल्य आधिकारिक रूपमा सार्वजनिक भएको छैन । यसको लन्च मिति सँगै यसको मूल्य खुल्नेछ । यो मुल्यमा नेपाल सरकारको कर , भन्सार , भ्याट आदि जोडिएको छैन् ।

प्रतिक्रिया