बसको ठक्कबाट महिलाको मृत्यु भएपछि आन्दोलनमा उत्रिए आफन्त
नेपालखोज
२०७९ फागुन १ गते १२:०१

काठमाडौं । वीरेन्द्रनगरमा आइतबार दिउँसो बसको ठक्करबाट मृत्यु भएको महिलाको आफन्त सोमबार बिहानैदेखि आन्दोलनमा उत्रिएका छन् । उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्ताहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।
आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् ।
तर प्रहरीले मृतकको पहिचान नै नगरेर प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।
सम्बन्धित

प्रतिक्रिया