सोमबार, असार ९, २०८२

‘युज एण्ड थ्रो’ गरेको भन्दै वलीले दिइन् राजीनामा

नेपालखोज २०७९ फागुन १ गते १४:११

काठमाडौं । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्रल पार्टीमा राजीनामा दिएकी छन् ।

उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्ष समक्ष राजीनामा बुझाएर माओवादी राजिनामा घोषणा गरेकी हुन् । उनले आफ्नो राजनीतिक उतार चढावमा बेलामा पार्टीले सहयोग नगरेको गुनासो गरेकी छन् ।

राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्- ‘मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो ।’

प्रतिक्रिया