अमेरिकाको मिशिगन विश्वविद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु
नेपालखोज
२०७९ फागुन २ गते १२:१२

एजेन्सी । अमेरिकाको मिशिगन विश्वविद्यालय क्याम्पसमा मंगलबार बिहान भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ ।
युनिभर्सिटी अफ मिशिगनको क्याम्पस प्रहरीले केही व्यक्तिको अवस्था गम्भीर रहेको र घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको जनाएको छ । आक्रमणकारीको खोजी जारी छ ।
मिशिगन स्टेट युनिभर्सिटी पुलिसका अनुसार संदिग्ध एक कालो मानिस हो जसले रातो जुत्ता र डेनिम ज्याकेट लगाएको छ । उसले टोपी पनि लगाएको छ। मिशिगन स्टेट युनिभर्सिटी पुलिसले संदिग्ध आक्रमणकारीको फोटो पनि जारी गरेको छ ।
मिशिगन स्टेट युनिभर्सिटी पुलिसका अनुसार आगामी ४८ घण्टाका लागि क्याम्पसमा सबै प्रकारका गतिविधि बन्द गरिएको छ। घटनास्थलमा प्रहरी सक्रिय छ ।
सम्बन्धित
प्रतिक्रिया