गोंगबुमा मोबाइल लुट्ने ४ जना पक्राउ
नेपालखोज
२०७९ फागुन २ गते १८:५५

काठमाडौं । गोंगबुमा मोबाइल लुटेको आरोपमा ४ जना पक्राउ परेका छन् । सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा लुटपाटमा संलग्न रहेकामध्ये चार जनालाई प्रहरीले पक्राउ परेका हुन् ।
ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
मोबाइल पसलमा भएको चोरीबारे अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ । उनको निर्देशन अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको छ ।
सम्बन्धित

प्रतिक्रिया