आइतबार, असार १५, २०८२

प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहने

नेपालखोज २०७९ फागुन ३ गते ६:१२

काठमाडाैं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाे जल तथा माैसम पू्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने आज राति प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया