कुन उमेरमा कति हुनुपर्छ शरिरको वजन ?

नेपालखोज २०७९ फागुन ३ गते ७:०४

काठमाण्डौं । जसरी स्वस्थ रहन सही खानपान आवश्यक छ । त्यसैगरी, सही वजन हुनु पनि धेरै महत्त्वपूर्ण छ । धेरै तौल वा कम तौलले अनेकौं स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसैले सबैले उमेर अनुसार आफ्नो तौल ठीक्क राख्नुपर्छ । किनभने सही तौलले जो कसैलाई स्वस्थ राख्नुका साथै धेरै रोगहरुबाट पनि टाढा राख्छ ।

नवजात शिशुमा छोराको तौल ३.३ केजी तथा छोरीको ३.२ केजी हुनुपर्छ । ३ देखि ५ महिनासम्मका छोराको तौल कम्तीमा ६ केजी र छोरिको तौल ५.४ केजी हुनुपर्छ । यदि शिशु ६ देखि ८ महिनाको छ भने उसको वजन ७.८ केजी हुनुपर्छ । सोही उमेरका छोरिको तौल ७.२ केजी हुनुपर्छ । ९ देखि ११ वर्षको उमेरमा केटाको तौल ९.२ केजी र केटीको तौल ८.६ केजी हुनुपर्छ । १ वर्षको केटाको तौल १०.२ केजी तथा केटीको तौल ९.५ केजी हुनुपर्छ ।

२ वर्षको उमेरमा केटाको तौल १२.३ केजी तथा केटीको तौल ११.८ केजी हुनुपर्छ । ३ देखि ४ वर्षको उमेरमा केटा र केटीको तौल १४ केजीदेखि १६ केजी , ५ वर्षको उमेरमा केटाको तौल १८.७ केजी तथा केटीको तौल १७.७ केजी हुनुपर्छ । ६ वर्षको उमेरमा केटाको तौल २०.७ केजी र केटीको १९.५ केजी हुनुपर्छ । यसका अतिरिक्त ७ देखि ८ वर्षको उमेरमा केटाको तौल २२ केजीदेखि २५ केजी र केटीको तौल २४-२५ केजी हुनुपर्छ।

१२ वर्षको उमेरमा केटाको तौल ३७ केजी र केटीको ३८.७ केजी, १३ वर्षको उमेरमा केटाको ६२.७ केजी र केटीको ५४ केजी हुनुपर्छ । १४ वर्षको केटाको तौल ४७ केजी र केटीको तौल ४८ केजी हुनुपर्छ । १५ देखि १६ वर्षको उमेरमा केटाको तौल ५८ केजी र केटीको ५३ केजी, १७ वर्षको उमेरमा केटाको तौल ६२.७ केजी र केटीको तौल ५४ किलोग्राम माथि हुनुपर्नेछ ।

यसैगरि १८ वर्षको उमेरमा केटाको तौल ६५ केजी र केटीको ५४ केजीसम्म हुनुपर्छ । १९ देखि २९ वर्षको उमेर समूहमा पुरुषको तौल ८३.४ केजी र महिलाको ७३.४ केजीसम्म हुनुपर्छ । ३० देखि ३९ वर्षको उमेरमा पुरुषको तौल ९०.३ केजी र महिलाको तौल ७६.७ केजी सम्म हुनुपर्छ ।

प्रतिक्रिया