आईसीसी विश्वकप क्रिकेट लिग-२ : नामिबिया र स्कटल्यान्ड भिड्दै

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नामिबिया र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।
आज बिहान ९ः०० बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा दुवै टोलीले बिजयका लागि प्रतिस्पर्धा गर्नेछन । नामेबिया हिजो नेपालसँग दुई बिकेटले पराजित भएको थियो ।
उता, स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो, उसका लागि नेपालमा पहिलो पटक खेल हुनेछ । स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्षस्थानमा छ भने नामेबिया ३१ खेलमा १८ मा जित र १२ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
सात टोली सहभागी विश्वकप लिग-२ मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । ऊ च्याम्पियन बन्ने लक्ष्यसहित टियू मैदानमा उपस्थित हुनेछ । नामिबिया भने ३१ खेलमा ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ।
मंगलबारबाट सुरु त्रिकोणात्मक सिरिज फागुन ९ गतेसम्म सञ्चालन हुनेछ। यस सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २-२ खेल खेल्ने छन् ।
प्रतिक्रिया