रविको राहदानीसम्बधी जाहेरी दर्ता नगर्ने सरकारी वकिल कार्यालयको निर्णय

काठमाडौं । सरकारी वकिलको कार्यालय राहदानी दुरुपयोग आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्ध परेको जाहेरी दरखास्त दर्ता गर्न नपर्ने निर्णय गरेको छ ।
लामिछानेले झुटो विवरण दिएर नेपाली र अमेरिकी राहदानी लिएको भन्दै सिन्धुलीका सफल भनिने युवराज पौडेलले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा जाहेरी दिएका थिए ।
तर प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि उनले प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए
सरकारी वकिल कार्यालयले यसअघि लामिछानेको राहदानीको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण माग गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाहेक अरु निकायबाट जवाफ नआएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया