पवन उर्फ ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा
नेपालखोज
२०७९ फागुन ३ गते १५:४९

काठमाडौं । मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको हो ।
उनीसहित दुई जनालाई पक्राउ गरिएको बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाले बताए । उनीहरुले बेलबारीका एक युवालाई कुटपिट गरेको पाएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया