नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन ३ गते २२:०५

माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जना पक्राउ ।

बाँकेमा पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ ।

मेयर बालेनसँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश ।

रविको राहदानीसम्बधी जाहेरी दर्ता नगर्ने सरकारी वकिल कार्यालयको निर्णय ।

चितवन–२ मा चैत २० गते उम्मेद्वारी दर्ता ।

अनेरास्ववियुको नयाँ नेतृत्व छनोटका लागि भोलि निर्वाचन ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने ।

नेप्से झण्डै १४ अंकले घट्दा एक अर्ब ७३ करोडको कारोबार ।

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान ।

प्रतिक्रिया