पहाडी भू-भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा रहने

नेपालखोज २०७९ फागुन ४ गते ६:१४

काठमाडाैं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएककाे छ ।

प्रतिक्रिया