सांसद भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजान चिकित्सककाे सिफारिस

नेपालखोज २०७९ फागुन ४ गते ९:११

काठमाडाैं । खाना पकाउने ग्याँस सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भीर रहेकाले भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।

२५ प्रतिशत शरीरको भाग जलेका सांसद भण्डारीको फोक्सोमा पनि असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका हुन् ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उनी र उनकी आमा हरिकला भण्डारीको आईसीयूमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिइन् । हिजो राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उनीहरु घाइते भएका हुन् । अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार सांसदसहित रहेका नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत र आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ ।

यस्तै डा. भण्डारी र आमा हरिकलाको दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीले जानकारी दिए । उनका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको छ ।

प्रतिक्रिया