दाङमा ग्याँस सिलिण्डर पड्किँदा २ जना घाइते

नेपालखोज २०७९ फागुन ४ गते १५:५४

दाङ । आज बिहान तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान साढे ८ बजेतिर खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर( १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरी निरीक्षक केसीका अनुसार घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ ।
घाइतेमध्ये केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । खनालको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया