शनिबार, असार १४, २०८२

फैलदैँ मारबर्ग भाइरस, के हुन् लक्षण र उपचार ?

नेपालखोज २०७९ फागुन ५ गते १३:३२

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार इक्वेटोरियल गिनीमा मारबर्ग भाइरस रोगको प्रकोप पुष्टि भएको छ । यो इबोला भाइरसका कारण कम्तीमा नौ जनाको मृत्यु भैसकेको छ । यसका साथै, हल्का लक्षण भएका १६ जना शङ्कास्पद बिरामी स्वास्थ्य केन्द्रमा भर्ना भएका छन् भने २१ जना घरमै निगरानीमा छन् ।

मारबर्ग भाइरस रोग एउटा दुर्लभ तर गम्भीर हेमोरेजिक ज्वरो हो जुन मारबर्ग भाइरसका कारणले हुन्छ, रोग नियन्त्रण एवं रोकथाम केन्द्र (CDC) का अनुसार यो आरएनए भाइरस फिलोभाइरस परिवारको सदस्य हो जसमा इबोला भाइरस पनि समावेश छ। जबकि दुवै रोगका भाइरस दुर्लभ छन् र यो रोगको प्रकोप उच्च मृत्यु दर संग सम्बन्धित छ। मारबर्ग भाइरस रोगको पहिलो प्रकोप सन् १९६७ मा जर्मनीको मारबर्ग र फ्रान्कफर्ट तथा सर्बियाको बेलग्रेडमा भएको थियो । युगान्डाबाट आयात गरिएका अफ्रिकी बाँदरमा प्रयोगशालामा काम गर्ने क्रममा यो प्रकोप फैलिएको थियो । डब्ल्यूएचओका अनुसार मारबर्ग भाइरसको मृत्युदर २४ देखि ८८ प्रतिशतसम्म छ, भाइरसको हद र केस कसरी व्यवस्थित गरियो भन्ने आधारमा ।

मारबर्ग भाइरस संक्रमित अफ्रिकी चमेरोबाट वा तिनको पिसाब वा दिसाबाट मानिसमा फैलन सक्छ । कामदार वा पर्यटकहरू यी चमेरा बस्ने क्षेत्रमा प्रवेश गरे यो रोग लाग्न सक्छ । यो रोग भाइरस संक्रमित व्यक्तिको रगत, स्राव, अंग वा अन्य शारीरिक तरल पदार्थका साथै दूषित सतह (भूई ) र सामग्रीहरूसँगको प्रत्यक्ष सम्पर्कबाट मानिसमा फैलन सक्छ। संक्रमण नियन्त्रणका लागि कडा सावधानी अपनाइएन भने स्वास्थ्यकर्मी तथा संक्रमित बिरामीका आफन्त समेत जोखिममा पर्न सक्छन् । यो भाइरस मृतकको शरीरसँगको प्रत्यक्ष सम्पर्कबाट पनि सर्न सक्छ।

मारबर्ग भाइरस रोगको लक्षण

विश्व स्वास्थ्य संगठनका अनुसार मारबर्ग भाइरसले उच्च ज्वरो , जोडले टाउको दुख्ने र घबराहट निम्त्याउन सक्छ । अन्य सामान्य लक्षणमा मांसपेशी तथा पेटको दुखाइ, ऐंठन, वाकवाकी वा बान्ता र पखाला समावेश छन् । डब्ल्यूएचओ भन्छ- यसको संक्रमण हुँदा बिरामीको आँखा भित्र तिर धस्छ, अनुहारको हावभाव परिवर्तन हुन्छ र बिरामीले अत्यन्त सुस्त महसुस गर्दछ । बिमारि गम्भीर अवस्थामा पुगे लक्षण सुरु भएको आठ- नौ दिनको बीचमा मृत्यु हुनसक्छ । यो रोगमा सामान्यतया रगतमा ठूलो हानि पुग्छ परिणामस्वरूप शरिरका बिभिन्न अंग फेल हुन पुग्छन् ।

मारबर्ग भाइरस रोगको उपचार

मारबर्ग भाइरस रोगको उपचारका लागि कुनै खोप वा एन्टिभाइरल थेरापी स्वीकृत गरिएको छैन । डब्ल्यूएचओ भन्छ- सहयोगी हेरचाह- जस्तै बारम्बार पानी, अक्सिजनको स्तर कायम राख्नु तथा विशिष्ट लक्षणहरूको उपचारले जिवनको सम्भावना बढाउन सक्छ । डब्ल्यूएचओले इबोला भाइरस रोगको क्लिनिकल परीक्षणमा प्रयोग भैरहेको मोनोक्लोनल एन्टिबडी वा एन्टिभाइरलहरू मारबर्ग भाइरस रोगका लागि पनि सम्भावित रूपमा प्रयोग गर्न सकिने बताएको छ। विज्ञहरूका अनुसार रेमडेसिभिर हाल कोभिड- १९ को उपचारका लागि अनुमोदित छ भने यसलाई मारबर्गका लागि पनि प्रयोग- अन्वेषण गर्न सकिन्छ ।
डब्ल्यूएचओले अस्ति मंगलबार मारबर्ग विरुद्ध परीक्षण गर्न सकिने खोप तथा उपचारका सम्बन्धमा छलफल गर्न एउटा बैठकको आयोजना गरेको थियो ।

प्रतिक्रिया