महाशिवरात्री पर्वको लागि यस्तो छ, ट्राफिक व्यवस्थापन
काठमाण्डौं । महाशिवरात्री पर्वको अवसरमा गौशाला स्थित पाशुपत क्षेत्रमा आज रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ ।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको हो ।
त्यसैगरी मालवहाक सवारी साधानहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ ।
गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरे ।
सवारीमार्ग निर्धारण
बस तथा माईक्रो बसहरू
-रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुने ।
-रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुदैं रत्नपार्क फिर्ता हुने ।
-कालोपुल हुदैं कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुदैं महाराजगंजको बाटो चलाउने ।
माइक्रोबस तथा टेम्पोहरू
-सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्ध तर्फचल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्ण पाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुदैं चलाउने ।
-जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चावहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने ।
मालवाहक सवारी साधनहरू
-जोरपाटी, बौद्ध, चावहिल हुदैं महाराजगंज तर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुदैं सुकेधारा, महाराजगंज तर्फ जानु पर्ने ।
-कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुदैं बौद्ध तर्फ जाने ।
-कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरूतीनकुनेसम्म जान सक्नेछन्।
-महाराजगंज, चावहिल हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरूबसुन्धारासम्म पुग्न सक्ने
-कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।
पार्किङ्ग व्यवस्थापन
१. तीलगंगा आंखा अस्पताल अगाडी – तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूका सवारीसाधनहरु ।
२. देवउद्यानस्थित कोषको कार्यालय र भण्डारखाल -पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरु मात्र ।
३. सिफल चौर – पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारीसाधनहरू ।
४. गुह्येश्वरी पारी – गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउनेतीर्थंयात्रीहरूका सवारी साधनहरू।
५. वनकाली क्षेत्र – महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स रखानेपानीका ट्याङ्करहरु ।

प्रतिक्रिया